FAQs Complain Problems

सरावल गाऊं कार्यापलिका र भोक्राहा नरसिंह गाऊं कार्यापालिका बिच विकास तथा योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम

सरावल गाऊं कार्यापालिकाको आन्तरिक अवलोकन भ्रमणको कार्यक्रममा मिति २०७४/१२/१४ गते बुधबार सुनसरी जिल्लाको चिरौली स्थित भोक्राहा नरसिंह  गाउँ कार्यापालिकाको कार्यालयमा जिल्ला नवलपरासी बर्दघाट -सुस्ता पश्चिमको सरावल गाउँ कार्यापालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु  र भोक्राहा नरसिंह गाउँ कार्यापालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु बीच दुवै गाउँ कार्यापालिकाको निति तथा कार्यक्रम , विकास तथा योजना सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो | यस कार्यक्रमलाई सफल बनाउन भोक्राहा नरसिंह गा.पा. का  कार्यापलिका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत, जनप्रतिनिधिहरु तथा कर्मचारीहरुमा सरावल गा.पा. हार्दिक आभार ब्यक्त गर्दछ |  

आर्थिक वर्ष: