FAQs Complain Problems

सरावल गाउँपालिकाको तेस्रो गाउँ सभा सम्पन्न

सरावल गाउँपालिकाको तेस्रो गाउँ सभा मिति २०७५/०३/२२ गते सम्पन्न भएको छ | यस गाउँ सभाले आ.व. २०७५/७६ को नीति कार्यक्रम तथा वजेट दफावार छलफल पश्चात सर्वसम्मतले पारित गरेको छ | गाउँपालिकाका अध्यक्ष श्री राधेश्याम चौधरीको अध्यक्षतामा सम्पन्न बैठकको संचालन र सहजीकरण प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले गर्नु भएको थियो भने वैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७५, आर्थिक विधेयक २०७५, विनियोजन विधेयक २०७५ समेत स्वीकृत गरेको छ| यस अघि तेस्रो गाउँ सभाको मिति २०७५/३/१० गते वसेको वैठकमा बजेट तथा कार्यक्रम समितिका संयोजक उत्तमा कुमारी रायले उक्त विधेयक र आ.व. २०७५/७६को लागि अनुमानित ४६ करोड ८५ लाखको बजेट सभामा पेश गर्नु भएको थियो | उक्त नीति तथा कार्यक्रम र बजेट माथिको छलफलमा भाग लिई सभा सदस्यहरुले आफ्ना धारणा सहित विभिन्न जिज्ञासा राख्नु भएको थियो | सभामा गाउँपालिका उपाध्यक्ष उत्तमा राय सभाका सवै सदस्यहरु विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको तेस्रो गाउँ सभामा उठेका प्रश्नहरुको जवाफसहित सभाध्यक्ष ज्यूले बजेट अधिवेशनको अन्त्य गर्नु भएको थियो |

आर्थिक वर्ष: