FAQs Complain Problems

व्यक्तिगत घटना दर्ता तथा सूचना प्रविधि सम्बन्धि तालिम

सरावल गाउँपालिकामा सवै वडा अध्यक्षहरु लगायत गा.पा अन्तर्गत सवै वडा कार्यालयका सचिव तथा कार्यालय सहयोगीहरुलाई सूचना प्रविधि,व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा संचालन प्रणाली ( VERSP-MIS) सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ | उक्त कार्यक्रमका अध्यक्ष गा.पा उपाध्यक्ष श्री उत्तमा कुमारी राय, प्रमुख अतिथि गा.पा अध्यक्ष श्री राधेश्याम चौधरी , प्रमुख प्रशासकीय अधिकृत श्री झविश्वर रेग्मी , प्रशासन शाखा प्रमुख राजन बस्यालको समेत उपस्थिति रहेको थियो | यस कार्यक्रममा सहभागीहरुलाई इन्टरनेट संचालन , ईमेल व्यबस्थापन, VERSP-MIS प्रणाली , नगदी रसिद, कानुन जस्ता सूचना प्रविधिका विषयमा तालिम दिईएको थियो | तालिम कार्यक्रमको प्रशिक्षण प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मी गा. .पा का सूचना प्रविधि अधिकृत श्री धिरेन्द्र फौजदार , कानुन विशेषज्ञ श्री मित्रलाल लामिछाने ले गर्नु भएको थियो |

आर्थिक वर्ष: